१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ९२ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६१, आलु सेतोको ५८, लोकल बन्दाको मुल्य ४५, काउली स्थानीयको ५० रुपैयाँ कायम भएको  छ ।

यसैगरी, कन्य च्याउ १७०, कुरीलो १ हजार, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, बरेला ११० रुपैयाँ, तितो करेला ८० रुपैयाँ कायम भएको छ ।

रायो सागको मूल्य २५ रुपैयाँ  छ । तोरिको साग ४०, पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २५ रुपैयाँ रहेको छ ।

त्यस्तै, लोकल गाजर ९० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, लौका ४०, घिरौला ८० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ ।

त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६० रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि