२६ आश्विन २०८२, आईतवार
कर्णाली मुख्‍य समाचार समाचार समाज

दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु

२६ मङ्सिर, सिमकोट (हुम्ला) । हुम्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ ।

सर्केगाड–मारघोर सडकको ‘ट्र्याक’ खोल्न आउँदा सोमबार स्काभेटर पल्टिएर बुढा घाइते भएको थियो । दुर्घटनापछि बाजुराको कोल्टी अस्पतालमा उपचाररत उसको आज बिहान मृत्यु भएको उसका आफन्त रेशमराज रोकायाले बताए । सर्केगाड–मारघोर खण्डको ट्र्याक खोल्ने जिम्मा श्रेया कन्स्ट्रक्सनले पाएको थियो ।

प्रदेश ०३–०१००३ क ६२४९ नंको स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज कँडेलले बताए । जुम्ला गुठीचौकर गाउँपालिका–१ चुत्रा घर भएका ३६ वर्षीय स्काभेटर चालक लाक्पा महतारालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उसले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि