२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय

२६ मङ्सिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले मन्त्रालय अन्तरगत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको जानकारी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित रोजगार प्रवद्र्धन गर्ने अभिप्रायले सरोकारवाला तथा रोजगारदाताहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीको लागि महाशाखा, बोर्ड र विभाग भएपनि आन्तरिक रोजगारीको लागि केही व्यवस्था नभएको भन्दै आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको बताए ।

उनले भने, ‘विशेषगरि रोजगारीको क्षेत्रमा हेर्ने हो भने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार विभाग छ, वैदेशिक रोजगार बोर्ड छ । तर आन्तरिक रोजगारको बारेमा कही केही छैन् । त्यो कसले हेर्ने, त्यसकारण अहिले मन्त्रालयको संरचनाको बारेमा छलफल गर्दैछौ । मन्त्रालय अन्तरगत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्दैछौ । यसले मुलुकभित्रका रोजगारीको सम्भावनाहरुलाई प्रवद्र्धन गर्ने, त्यसलाई अगाडि बढाउने काम गर्छ ।’

यस्तै, सरकारले रोजगारी नदिएपनि रोजगारीको प्रमुख स्रोत नीजि क्षेत्र नै भएको बताए ।

उनले भने, ‘सबैलाई थाहा भएको कुरा हो सरकारले रोजगारी दिने होइन । सरकारले सुविधा मात्र दिने हो । रोजगार भनेको रोजगारदाताले नै दिने हो । रोजगारदाता भनेको संसारभर नीजि क्षेत्र नै हुन्छ । प्रत्येक ७ सय ५३ वटा पालिकामा रोजगार सेवा केन्द्र स्थापना गरेका छौ ।’

वैदेशिक रोजगार रोक्न नसक्ने अवस्थामा यसलाई मर्यादित् र सुरक्षित गर्ने कुरामा पनि ठूलो समस्या देखा परेको बताए । उनले अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सरकार सही बाटोमा हिनेको पनि उनको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि