२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

नेपालमा ठूलो लगानी आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ७६ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा विषयक नागरिक संवाद कार्यक्रममा उनले नेपालमा ठूलो लगानीको आवश्यकता भएको र लगानी गर्ने मान्छेहरु पनि भएको भन्दै त्यसको लागि राम्रो वातावरण बनाउन सक्नुपर्ने बताए ।

उनले भने, ‘अर्को कुरा भनेको लगानी हो । हामीले ठूलो लगानी गर्नुपर्छ र त्यसको लागि पुँजी कसैले दया, माया गरेर आउँदैन् । नेपालमा अहिले तीनवटा अन्तर्राष्ट्रिय कम्पनीहरु जसले ठूलो लगानी गरे तर नेपालको सरकारले उसले कमाएको मुनाफा लिने कुरामा अवरोध सिर्जना गरेको हुनाले अब बाहिरका कुनैपनि कम्पनीहरु नेपालमा लगानी गर्न आउने कुरामा डराइ रहेका छन् । हामीलाई ठूलो लगानी चाहिएको छ । लगानी गर्ने मान्छेहरु नाफा कहाँ छ भनेर हिडिरहेका छन् । उनीहरुको लागि नेपाल एउटा राम्रो ठाँउ बन्न सक्छ वातावरण बनाउन सक्नुपर्छ ।’

यस्तै, उनले नेपालमा लाखौं रोजगारीको आवश्यकता भएको भन्दै यसमा नीजि क्षेत्रको ठूलो भूमिका रहेको बताए । उनले भने, ‘नेपालमा लाखौं रोजगारी चाहिएको छ । त्यो नीजि क्षेत्रले बनाउँछ । त्यसको लागि एउटा इको सिस्टम बनाउनुपर्ने छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि