Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ह्वात्तै बढ्यो सुनको भाउ,कतिमा हुँदै छ कारोबार?

रातो कागज
8 महिना अघि

२५ मङ्सिर, काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो  ।

मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन सोमबार प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया