७ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

उपराष्ट्रपति यादवसँग सार्क महासचिव सरवरको शिष्टाचार भेट

काठमाडौं, २४ मङ्सिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव मोहम्मद गुलाम सरवरले शिष्टाचार भेट गरेका छन् ।
आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । सो अवसरमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जानकारी दिएको छ ।
“संस्थापक नेताले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सकृयताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ”, उपराष्ट्रपतिले यादवले भने ।
उनले  सार्कका महत्वपूर्ण संयन्त्रका बैठक नियमित आयोजना र १९ औँ शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको महत्वबारे उल्लेख गरेका थिए। सार्कका संस्थागत निर्णय कार्यान्वयन गर्न सदस्य राष्ट्रको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेकामा उनले जोड दिए ।
“लोकतान्त्रिक प्रणाली, सुशासन र मानवअधिकार प्रवर्द्धनका लागि सदस्य राष्ट्रबीचको साझा प्रतिबद्धता अत्यावश्यक छ”, उपराष्ट्रपति यादवले भने, “म सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छु ।”
सार्कका महासचिव सरवरले अगामी ‘सार्क चार्टर डे’को लागि सबै सदस्य राष्ट्रको शुभकामना प्राप्त गरेको उल्लेख गर्दै सार्क मुलुकका विभिन्न चुनौती मिलेर सामना गर्नुपर्ने बताए । उनले भने, “सार्क राष्ट्रहरु सम्पन्न हुन साझा प्रयास जरुरी छ ।”

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि