७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

वायु गुणस्तर निगरानी उपकरणको उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिकाले वायु गुणस्तर निगरानी उपकरणको उदघाटन गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबिच उक्त उपकरण उदघाटन गरिएको हो ।

सोही क्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिकाभित्र १८ वटा विभिन्न स्थानहरुमा वायु गुणस्तर मापन यन्त्र जडान गर्दै जाने बताएकी छन् ।

उनले भनिन्, ‘आज हामीले वायु गुणस्तर मापन गर्ने यन्त्र जडान कार्यक्रमको पहिलो कदम चालेका छौ । काठमाडौं महानगरपालिकाको केन्द्र अफिसबाट जडानको सुरुवात गर्यौं र साथै काठमाडौं महानगरपालिका भित्र नै हामीले १८ वटा विभिन्न स्थानहरुमा वायु गुणस्तर मापन यन्त्र जडान गर्दै छौ ।’

यस्तै, यो यन्त्र जडान गर्नुको उद्देश्य काठमाडौं महानगरपालिका वायु प्रदुषण नियन्त्रण गर्नको लागि प्रतिबद्ध छ भन्ने सन्देश दिनु भएको पनि उनको भनाई छ ।

उनले भनिन्, ‘महानगरपालिकाभित्र भएका विभिन्न वडा अफिसहरु, स्कुल, विभिन्न निर्माण भईरहेको स्थान, रिङ्रोड, ट्राफिक धेरै हुने ठाँउहरुमा हामीले यो यन्त्र जडान गर्दै छौ । यसरी जडान गरेर जसरी हामी अघि बढि रहेका छौ । यसको उद्देश्य काठमाडौं महानगरपालिका वायु प्रदुषण नियन्त्रण गर्नको लागि प्रतिबद्ध छ भन्ने सन्देश दिनु हो ।’

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि