२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

कोइराला निवासमा देउवा र शशांक

काठमाडौँ । विराटगर रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डा.शेखर कोइराला बस्दै आएको कोइराला निवास पुगेका छन् । उनी नेता डा.शशांकको साथमा कोइराला निवास पुगेका हुन् ।

प्रथम कोशी सम्मेलनमा भाग लिन विराटनगर पुगेका देउवा कोइराला निवास पुगेका हुन् । स्वर्गीय कृष्णप्रसाद कोइरालाले डेढसय वर्ष पहिले बनाएको घरमा पुगेका देउवाले भित्तामा राखिएका तस्विरहरु चाखपूर्वक हेरेका थिए ।

डा.शेखर र उनका दाजु निरञ्जनको संयुक्त भागमा परेको उक्त घरमा डा.शशांक विरलै मात्र पुग्ने गर्छन् । पूर्वप्रधानमन्त्रीहरू मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी कृष्णप्रसादको उक्त ऐतिहासिक घरमा लामो समयपछि देउवा पुगेका हुन् ।

बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीति अघि बढाउने मौका पाएका देउवा २०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासमेतको साथले राष्ट्रिय राजनीतिमा स्थान सुरक्षित गरेका उनी ०३६ को जनमत संग्रहमा पूर्व–पश्चिमसम्मका सभा–समारोहमा बीपीसँगै खटिएका थिए। तर पछि उनले गिरिजाप्रसादलाई नै चुनौति दिंदै पार्टीमा अलग धार स्थापित गरेका थिए ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि