१२ पुष २०८२, शनिबार
कोशी मुख्‍य समाचार समाचार समाज

सरकारी नम्बर प्लेट लगाएका दुई गाडीहरूबाट गाँजा बरामद, एक जना पक्राउ

१९ मङ्सिर, धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६ सय ९० किलोग्राम गाँजा बरामद गरेको छ ।

सरकारी नम्बर प्लेट भएका दुई गाडीहरूमा लुकाएर ओसारपसार हुँदै गरेको उक्त गाँजा प्रहरीको कडा निगरानीमा फेला परेको हो ।

प्रहरीका अनुसार, बा.१ झ ४६०५ नम्बरको स्कार्पियो गाडीबाट ३ सय ३० किलोग्राम गाँजा बरामद गरिएको छ । गाडीका चालक ३६ वर्षीय श्याम कुमार विकलाई पक्राउ गरिएको छ । उनी मोरङका निवासी हुन् । अर्को गाडी, बा.१ झ ५१२७ नम्बरको स्कार्पियो पनि प्रहरीले तलासी गर्दा ३ सय ६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको छ ।

गाडीहरूमा गाँजा लुकाएर ढुवानी भइरहेको भन्ने सूचना प्राप्त भएसँगै प्रहरी टोलीले तत्काल छानबिन सुरु गरेको थियो । विकलाई पक्राउ गर्दा गाडीको चालक भाग्न सफल भएको थियो, तर पछि सोही गाडी फेला पारेर तलासी गर्दा गाँजा समातिएको थियो ।

प्रहरीले फरार चालकको खोजी भइरहेको र यस घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि