२७ आश्विन २०८२, सोमबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

निर्वाचनअघि गरेका प्रतिवद्धताहरु जसरी पनि पूरा गर्ने छु : मेयर डंगोल

काठमाडौं । कीर्तिपुर नगरपालिकाका ननिर्वाचित प्रमुख कृष्णमान डंगोलले पद तथा गोपनीयताको शपथ ग्रहणगरेका छन् ।
मंगलबार कीर्तिपुर नगरपालिकाको सभाहलमा कांग्रेसका मेयर डंगोलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहणपछि उनले आफूले निर्वाचन अघि मत माग्दै गर्दा जनता सामु गरेको प्रतिवद्धताहरु पूरा गर्ने विश्वास दिलाए । उनले आफ्नो पहिलो निर्णय स्वास्थ्यबाट काम सुरु गर्ने जानकारी दिए ।
उनले भने,‘मैले तपाईहरु सामु भोट माग्दा गरेका प्रतिवद्धताहरु यो दुई वर्षको कार्यकालमा एकछिन पनि आराम नगरीकन, नथाकिकन सकेसम्म पूरा गर्ने विश्वास दिलाउन चाहन्छु । तपाईहरुको विश्वास टुट्न दिने छैन् । पहिले आफ्नो पहिलो निर्णय स्वास्थ्यबाट गर्ने छु ।’
मेयर कृष्णमान डंगोल पाँच हजार ३३४ मत प्राप्त गरी विजयी भएका हुन् । सोमबार राति सकिएको मतगणनामा उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) काशिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गरे ।
यस्तै, एमाले)का सुरेन्द्र मानन्धरले चार हजार ३२७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ले दुई हजार ३६ मत पाएका थिए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि