२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीसँग भेटवार्ता गरेका छन् ।

नयाँदिल्लीमा भएको भेटवार्तामा सिलीगुडी–चारआली र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच उक्त पाइपलाइन निर्माणका लागि एक महिनाअघि सम्झौता भएको थियो ।

यस्तै, सर्लाहीमा ग्यास पाइपलाइन निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपो स्थानान्तरणका विषयमा समेत छलफल भएको सचिवालयले जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि