Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुनचाँदीको मूल्य घट्यो

रातो कागज
7 महिना अघि

१६ मङ्सिर, काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया