२८ आश्विन २०८२, मंगलवार
अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि जुट्यो १८ लाख

१४ मङ्सिर, तनहुँ । बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङस्थित खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि रु १८ लाख जुटेको छ । मन्दिर पुनर्निर्माण समितिका सल्लाहकार टीकाराम गिरीका अनुसार उक्त रकम देउसीभैलो एवं दाताबाट प्राप्त भएको हो ।

मन्दिर निर्माणका लागि रु ३० लाख आवश्यक पर्ने उसले बताए । बन्दीपुर गाउँपालिकाले भने रु चार लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । अर्थ सङ्कलनमा सहयोग जुटाउने अभियानमा मन्दिर पुनर्निर्माण समिति र सल्लाहकार समितिका पदाधिकारी जुटेका छन् ।

हरेक वर्ष यो मन्दिरमा शारदीय अष्टमीको र चैत्राष्टमीका दिनमा मेला लाग्ने गर्छ । औँसी र एकादशी दिनबाहेक अन्य दिन नित्य पूजा हुने गरेको छ । विसं २०३२ मा स्थानीय सन्तबहादुर थापाको अगुवाइमा मन्दिर निर्माण भएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि