९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

एनसेलले ’एनपिएल’ को हरेक चौकामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

१४ मङ्सिर, काठमाडौं ।  एनसेल फाउण्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा गरेको छ ।

एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गर्ने घोषणा घोषणा गरेको जनाएको छ ।

सिद्धार्थ बैंक एनपीएल पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका वापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्ने जनाएको छ ।

शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने फाउन्डेसनको विश्वास छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि