१८ कार्तिक २०८२, मंगलवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

दुई छोरा सहित मुना ११ दिनदेखी बेपत्ता

मंसिर–११, उदयपुर । उदयपुर चौदण्डीगढी नगरपालीका वडा नम्बर पाँच सिवाईकी २७ बर्षीया मुना दाहाल (चौधरी) र उनका दुई छोरासहित ११ दिनदेखी हराईरहेका छन् ।

मंसिर १ गते बिहानैबाट सात बर्षीय छोरा अनुग्रह र पाँच बर्षीय छोरा अनुभवसहित उनी हराईरहेको परिवारले जनाएको छ । मंसिर १ गते बिहान ११ बजेसम्म दुई छोरासहित घरमै रहेकी उनी त्यसपछि छोरासहित एकाएक बेपत्ता भएको उनका श्रीमान् आशिष चौधरीले जानकारी दिए ।

११ दिनदेखी हराईरहेकी मुना र दुई छोराहरु अहिलेसम्म सम्पर्कमा नआएको चौधरीले रातोकागजलाई जानकारी दिए । आफन्त, नरनाता, करकुटुम्भ सबैतिर खोजेपनि नभेटेपछि खोजी गरिदिनका लागि ईलाका प्रहरी कार्यालय सिवाईमा उजुरी समेत दिएका छन् ।

मुनाका श्रीमान् आशिष चौधरी भने अहिले रोजगारीको शिलशिलामा साउदी अरबमा छन् । प्रहरी र अन्य निकायलाई खोजी गरिदिन आग्रह गरेपनि अहिलेसम्म पत्ता लागेको छैन् ।
प्रहरीले भने उनीहरुको खोजीकार्य भईरहेको जनाएको छ । बेपत्ता आमा र छोराहरुलाई कसैले फेला पारेमा नजिकेको प्रहरी कार्यालय वा आफन्तलाई खबर गर्न परिवारले अनुरोध गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि