२६ आश्विन २०८२, आईतवार
अन्तर्वार्ता बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्छ : मन्त्री खड्का

६ मङ्सिर,  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रविधिको विकाससँगै नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्ने बताएका छन् ।

बिहीबार विधायन व्यवस्थापन समितिमा भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफलमा उनले पाँचसात वर्ष भनेर अनुभवका हिसाबले नयाँ शक्तिलाई बञ्चित गर्न नहुने भन्दै शिक्षा हासिल गरेका अनुभव भएकाभन्दा अहिलेको प्रविधि अनुसार शिक्षा हासिल गरेका युवाहरु अझ बढि दक्ष हुने बताए ।

उनले भने, ‘नयाँ नयाँ प्रविधिहरु आइरहेका छन् । वातावरणीय हिसाबले नयाँ नयाँ प्रभावहरु आइरहेका छन् । उच्च स्तरको पढाइको हिसाबले त धेरै युवाहरु हुनुहुन्छ तर उहाँहरुलाई पाँच वा सात वर्ष भनेर अनुभवका हिसाबले बञ्चित गर्यौ भने शिक्षा हासिल गरेका अनुभव भएकाहरु भन्दा अहिलेको प्रविधि अनुसार शिक्षा हासिल गरेका युवाहरु अझ बढि दक्ष भएको देखिन्छ । यसबारे सोच्नुपर्ने जस्तो लाग्छ ।’

यसको साथै उनले प्रविधिको विकास हेर्दा अनुभवको कुरा गर्ने हो भने पुरानै तरिकाले अगाडि बढ्ने पनि बताए ।

उनले भने, ‘हामीसँग भएको जनशक्ति हेर्दा र १०–२० वर्ष काम गर्नु भएकाहरु हेर्दा, मूल्यांकन गर्दा पनि अहिलेको समयको विकास र प्रविधिको विकास हेर्दा यो परिवर्तनलाई आत्मसाथ गर्ने हो कि योग्यता हेरेर राख्ने तर अनुभवको कुरा गर्दा पुरानै तरिकाले अगाडि बढ्छौ कि भन्ने लाग्छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि