९ पुष २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बेलायत अध्ययन छात्रवृत्तिबारे नेपाली विद्यार्थीहरुलाई जानकारी

६ मङ्सिर, काठमाडौँ । नेपाल–स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटीले नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी दिएको छ ।

बिहीबार बौद्धनगरस्थित आरम्भ रेस्टुरेन्ट एण्ड बारमा पत्रकार सम्मेलन गरि प्रेस स्नातक, स्रातकोत्तर, र मास्टर्स अफ रिसर्च जस्ता विशेष कार्यक्रमहरूमा आवेदन दिने अवसरबारे चर्चा गरिएको हो । जसमा विद्यार्थीहरूले आफ्ना आश्रितहरूलाई पनि समावेश गर्न सक्ने सुविधा रहेको बताइएको छ ।

बर्मिङ्घम सिटी युनिभर्सिटीका भारत तथा नेपालका कन्ट्री हेड श्रृष्टी बिर्ताले युनिभर्सिटीले विश्वस्तरीय शिक्षा, नविनतापूर्ण सिकाइ वातावरण र विविधतायुक्त क्याम्पस समुदाय प्रदान गर्ने उल्लेख गरिन् ।

उनले भनिन्, ‘अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उत्कृष्ट गन्तव्य हो, जसले भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान दिन्छ । ‘स्पाई ओभरसिज, शिक्षा परामर्श क्षेत्रमा स्थापित संस्था, यस कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्ने मुख्य भूमिका खेलेको थियो । विद्यार्थीहरूलाई सल्लाह दिने र सरल आवेदन प्रक्रियामा सहायता गर्ने स्पाई ओभरसिजले बर्मिङ्घम सिटी युनिभर्सिटीसँगको सहकार्यबाट थप अवसरहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको छ ।’

स्पाई ओभरसिजका प्रिन्सिपल एडभाइजर सुवासु उप्रेतीले भने, ‘हाम्रो सहकार्यले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा र छात्रवृत्तिको पहुँच दिन महत्त्वपूर्ण योगदान पुर्याउँछ । कार्यक्रमले उपस्थित विद्यार्थीहरूलाई प्रवेश प्रक्रिया, छात्रवृत्ति, र शैक्षिक अवसरहरूबारे विस्तृत जानकारी प्रदान गर्यो ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि