९ पुष २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण

६ मङसिर, एजेन्सी । पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरुलाई आकर्षित गराएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा केन्द्रीत सम्मेलन एआई क्षेत्रको प्राविधिक र औद्योगिक विकासहरूमा धेरै ध्यान केन्द्रीत पनि गरेको छ । विशेषगरी स्मार्ट रोबोट कुकुरले धेरैको ध्यान खिचेको छ ।

टाउकोमा जडान गरिएको क्यामेराको सहारा लिएर रोबोट कुकुरले देखाएको प्रदर्शनी निकै रोचक मानिएको छ । प्रहरीकै रुपमा २४ घन्टा गस्ती गर्न सक्ने बताइएको रोबोटका कारण सम्मेलन थप प्रभावकारी बनेको छ ।

सम्मेलनमा ग्लोबल डेभलपमेन्ट इनीसीएटीभ, डीजीटल अर्थतन्त्र, एआई टेक्नोलोजिकल इनोभेसन र गभर्नेन्स जस्ता विषययरुमा छलफल गरिरहेको छ । (सीसीटीभी प्लस)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि