१४ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै

काठमाडौं । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिँदैछ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको हो ।

सीआईबीले मंगलबार उनको स्वास्थ्य परिक्षण गरेर साइबर ब्युरोको जिम्मा लगाएको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने छ ।

प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए । प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि