२० माघ २०८२, मंगलवार
अन्तर्वार्ता मुख्‍य समाचार राजनीति समाचार समाज

ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता

४ मङ्सिर, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबीच भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा जलवायु परिवर्तनसँगै बढ्दै गएको खाद्य तथा जल सङ्कटका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले सन् १९७७ देखि एफएओले नेपालको दिगो कृषि विकास, खाद्य सुरक्षा वृद्धि र ग्रामीण समुदायको जीविकोपार्जनमा गरेको सहयोगको सराहना गरे ।

उसले नवप्रवर्तन, साना उत्पादनकर्ताको पहुँच र प्राविधिक कृषि प्रवद्र्धन गर्ने एफएओको दृष्टिाकोण नेपालको दिगो विकास प्राथमिकतासँग मेल खाएको उल्लेख गरे । भेटमा शिमिजुले जलवायु परिवर्तनका कारण खाद्य सङ्कट बढ्दै गएकाले उक्त सङ्कट कम गर्न एफएओले उत्थानशील संरचना बनाएर खाद्यमा आत्मनिर्भर बनाइ अगाडि बढ्न चाहेको बताए ।

उसले कृषि उत्पादन तथा जीविकोपार्जनका लागि दिगो सिँचाइ सुविधा उपलब्ध गराउनेबारे एफएओले काम गर्दै आएको उल्लेख गरे । भेटमा मन्त्रालयका ऊर्जाविज्ञ प्रवल अधिकारी, सहसचिव जीवछ मण्डललगायतको उपस्थिति रहेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि