६ पुष २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ ।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ गतेदेखि पार्टीले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दोस्रो चरणको आन्दोलनको एजेण्डा तय गरेर अगाडि बढ्नको लागि हामीले हाम्रो गृहकार्य गरेका छौ । रास्वपा सरकारलाई देश सबै नेपालीका लागि बस्न लायक बनाउन, विधिको शासन स्थापना गर्न, सहकारी पीडितहरुको समस्या समाधान गर्न, अर्थतन्त्रलाई चलाएमान बनाउन र राजनीतिक प्रतिशोध तुरुन्त बन्द गर्न केही एजेण्डासहित आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गर्दछ ।’

यस्तै, उनले दुई तिहाइको गठबन्धनबाट बनेको सरकारलाई कसैको डर नभएको भन्दै दुई तिहाईको आडमा गैर राजनीतिक अभ्यास गरिरहेको पनि बताए ।

राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, गतिशील अर्थतन्त्रका लागि संरचनागत आर्थिक सुधार एक दर्जन ऐनको संशोधन गर्नुपर्ने, प्रवासी र गैरआवासीय नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना गर्नुपर्ने रास्वपाको आन्दोलनको एजेन्डा रहेको छ ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि