२ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने

२ मंसिर, काठमाडौं । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले उम्मेदवारी नदिने बताएको छ ।

यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए ।

हाम्रो उम्मेदवारी हुँदैन । स्वतन्त्र उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ,’ सभापति विष्ट भने ।

तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन् ।

यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा। सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा।डा। शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।

कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।

एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि