७ पुष २०८२, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार सूचना प्रविधि

समाचार संकलन गर्न गएका पत्रकारमाथि दुर्व्यवहार

काठमाडौं । समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालय कास्की अगाडी पुगेका पत्रकारहरुलाई कास्की प्रहरीको प्रबक्ता समेत रहेका डिएसपी बसन्तकुमार शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले दुर्ब्यबहार गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा ल्याइएको समाचार संकलनका लागि पोखराको गहिरापाटनस्थित जिल्ला प्रहरी कार्यालय अगाडी पुगेका पत्रकारहरुलाई डिएसपी शर्मा नेतृत्वको प्रहरी टोलीले दुर्ब्यबहार गरेको हो।

पार्टी सभापति रबि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुर्याए पछि त्यहाँ शान्तिपूर्ण तरीकाले जम्मा भएका रास्वपाका नेता – कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गर्न खोजे पछि फोटो तथा भिडियो खिच्ने पत्रकारहरुमाथि प्रहरी जाइलागेको थियो। त्यही क्रममा कास्की प्रहरीका एक जना प्रहरी निरिक्षकले समय नेपाल डट कमका पत्रकार सन्देश बरालको क्यामरा खोस्न थाले पछि पत्रकारहरुले त्यसको प्रतिकार गर्न शुरु गरेका थिए।

सोही क्रममा प्रहरी ज्यादतीको जनसंचार डट कमका पत्रकार ओम हमाल र नीति प्रेस डट कमका पत्रकार माधव पोखरेलले प्रहरीको ज्यादतीको चर्को रुपमा बिरोध गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि