६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर

काठमाडौं । गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए ।

जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको हो ।

तर लामो समय बित्दा पनि नहटाएपछि महानगरले डोजर चलाइसकेको छ । डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउने कार्यअन्तर्गत शुक्रबार यस क्षेत्रमा डोजर चलाइएको महानगरले बताएको छ ।

सडक विभागका अनुसार अतिक्रमण गरेर सडक सीमामा बनेका घरहरूलाई स्थानीय सरकारको अग्रसरतामा हटाउन लागिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि