१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले आफूलाई अलोकतन्त्रवादी हौं भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशतातिर जाने बताएका छन् ।

बिहीबार मिडिया लयर्स एसोसिएसनले आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक २०८१’ माथिको छलफलमा सहभागि हुँदै नेता कोइरालाले नेपालका अधिकांश कानूनहरु पुनः लेखन गर्नुपर्ने पनि बताए ।

नेपालमा प्रत्येक छ–छ महिनामा सरकार परिवर्तन हुने भएका कारण सत्ता पक्ष र प्रतिपक्षको कुनै तुक नरहेको बताए ।

उनले भने, ‘वास्तवमा हामीले छलफल गर्न लागेको एकदमै महत्वपूर्ण विधेयक हो भन्ने मलाई लागिरहेको छ । यस विधेयकले आफूलाई हामी लोकतन्त्रवादी हौं भन्ने प्रमाणित गर्न सकिन्छ भनेर मार्ग प्रदर्शक गरेजस्तो छ । यदी जनताले आफूलाई लोकतन्त्रवादी हौं भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशता तिरै जान्छ, त्यसमा शंका गर्नु पर्दैन । नेपालमा सत्तापक्ष र प्रतिपक्ष भनेर काम छैन जस्तो लाग्छ । किनभने प्रत्येक ६–६ महिनामा सरकार फेरिरहेको छ । विधेयकको कुरा गर्ने हो भने त पुनःलेखन नै गर्नुपर्छ जस्तो लाग्छ । कानूनको उपयोग गर्नेहरुसँग अध्ययन नगरी छिटो छिटो कानून निर्माण गर्ने तर त्यसो कार्यान्वयन नगर्ने समस्या छ ।’

कानून निर्माणका क्रममा लामो समयको छलफल र अध्ययनबाट निर्माण गर्न सकिएको अवस्थामा कार्यान्वयनको पाटो बलियो हुनेमा उनको जोड थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि