२७ माघ २०८२, मंगलवार
जीवनशैली मुख्‍य समाचार समाज स्वास्थ्य

आँखाको स्वास्थ्यको लागि पिस्ता

२८ कात्तिक,  काठमाडौँ । डिजिटल संसारमा हामी जोडिएपछि हाम्रो आँखालाई यसले असर गरिरहेको छ । यसको पछाडिको कारण यही हो कि हिजोआज अधिकांश काम पीसीमा भइरहेका छन् । जसले गर्दा समयभन्दा पहिले नै मानिसको दृष्टि बिग्रन थालेको छ । चस्मा लगाउने बालबालिकाका संख्या बढ्दै गएको छ ।

आफ्नो आँखाको स्वास्थ्य राम्रो होस् भन्ने चाहन्छौँ भने हामीले आफ्नो डाइटमा सही आहार समावेश गर्न आवश्यक छ । हरियो तरकारीको सेवन यसको एउटा विकल्प हुन सक्छ । तर धेरैलाई हरियो तरकारी खान खासै मन पर्दैन । यसको विकल्पका रूपमा हामीले तपाईँहरूसामु पिस्ता लिएर आएका छौँ ।

पिस्तामा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । भिटामिन एले आँखाको ज्योति बढाउन र आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । पिस्तामा फाइबर, काब्र्स र एमिनो एसिड जस्ता पोषक तत्वहरू पनि हुन्छन् । यसबाहेक पिस्तामा गूड फ्याट, पोलीअनस्याचुरेटेड फ्याट, ओलिक र लिनोलिक एसिड र प्रोटिन जस्ता महत्वपूर्ण पोषक तत्व पनि पाइन्छन् ।
दृष्टि कमजोर भएको छ र यसलाई सुधार गर्न चाहनुहुन्छ भने आँखा स्वास्थ्यको लागि पिस्ता तपाईंको लागि राम्रो विकल्प हुन सक्छ । ड्राइ फ्रुट्सहरू आँखाको लागि लाभदायक मानिन्छ । तर पिस्ता आँखाको लागि विशेष गरी राम्रो छन् । पिस्तामा लुटेन र जेक्सान्थिन जस्ता एन्टिअक्सिडेन्टहरू हुन्छन्, जुन आँखाको रेटिनाका लागि फाइदाजनक मानिन्छ । उमेरसँग सम्बन्धित म्याकुलर डिजेनेरेशन (एएमडी)को समस्याबाट बच्न पनि पिस्ताको सेवन लाभदायक मानिन्छ ।
कहिले र कहिले र कसरी खाने पिस्ता ?
पिस्ता ड्राई फ्रुट हो जसलाई तपाईले दैनिक रूपमा पनि खान सक्नुहुन्छ । यसलाई धेरैले नाश्तामा समावेश गर्छन् । नाश्तामा मिसाउन भुटेको पिस्ता स्वादिष्ट विकल्प हो । राति सुत्नुअघि मनतातो दूधमा पिस्ता मिसाएर पिउनु पनि फाइदाजनक हुन्छ । रातभरि भिजाएर पनि पिस्तालाई खान सकिन्छ । दिनमा ३५ देखि ४५ ग्राम पिस्ता खानु राम्रो मानिन्छ । बजारमा पाइने छोडाइएको पिस्ताको सेवन नगर्नुहोस् । पिस्तालाई बिग्रिन नदिन हावा नछिर्ने कन्टेनरको प्रयोग गर्नुहोस् ।
आँखाको स्वास्थ्य राख्न पिस्ताबाट सबै स्वास्थ्य लाभहरूको पूर्ण फाइदा लिन चाहनुहुन्छ भने तपाईले बिहान यसको सेवन गर्नुपर्छ । दिनमा ३ देखि ४ वटा पिस्ता खानु उपयुक्त हुन्छ । पिस्ता प्रकृति गर्मी हो । त्यसैले गर्मीको समयमा यसको बढी सेवन गर्नु हुँदैन । बजारमा पाइने मीठो र नुनिलो पिस्ताबाट टाढै रहनुपर्छ, किनभने ती स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यस्ता पिस्तामा सोडियम र चिनीको मात्रा बढी हुन्छ ।
अस्वीकरणः यस लेखमा दिइएको जानकारीको उद्देश्य रोग र स्वास्थ्य सम्बन्धी समस्याहरूबारे जागरूकता ल्याउने मात्रै हो । यो चिकित्सा रायको विकल्प होइन । यसलाई प्रयोग गर्नुु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected