१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ

२८ कात्तिक, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले घुससहित दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार जिल्ला अदालत कपिलबस्तुका तहसीलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई पक्राउ गरेको हो ।

मिश्रलाई २० हजार रुपैयाँ र पाण्डेलाई ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

जारी गरेको विज्ञप्तिमा वेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ  । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि