५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय समाचार

अरब र इस्लामिक देश द्वारा इजरायलको निन्दा

२७ कात्तिक, एजेन्सी । अरब र इस्लामिक देशहरुले गाजा र लेबनानमा इजरायलले ‘नरसंहार’ गरेको भन्दै निन्दा गरेका छन् ।

साउदी अरबको रियादमा भएको अरब र इस्लामिक देशहरुको आपतकालीन शिखर सम्मेलनमा सहभागीहरुले इजरायलको निन्दा गर्दै आक्रमण रोक्नुपर्नेमा जोड दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मध्यपूर्वमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न समेत अरब र इस्लामिक देशहरुले माग गरेका छन् । सम्मेलनमा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले तुरुन्त युद्धविराम गर्न र इरान माथिको इरानको सम्प्रभुताको सम्मान गर्न पनि अपिल गरे ।

प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासले गाजा क्षेत्रमा प्यालेस्टाइनको अभिन्न अंग भएको बताए । इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले लेबनानका नागरिकलाई आवश्यक सबै सहयोग गर्ने बताए । अरब लिगका महासचिव अहमद अबुल घितले संयुक्त राष्ट्रसंघले इजरायलको सदस्यता निलम्बन गर्नुपर्ने बताएका थिए ।

सम्मेलनमा युएई सहित इराक, सिरिया, इजिप्ट, जोर्डन, कतार र पाकिस्तान लगायत देशका सरकार र राष्ट्रप्रमुखहरुको सहभागिता थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि