१२ मंसिर २०८२, शुक्रबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बोम्जनमाथि गोली प्रहार

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका–१ का  प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको छ ।

मकवानपुरको बागमतीबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बोम्जनमाथि  सिन्धुलीको हरिहरपुरगढी–६ मा बोम्जनमाथी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार रहेका बोम्जनमाथी गोली प्रहार गरेको हुन । उनलाई सर्लाहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि विरगंज लगिएको बताईएको छ । गोली प्रहार गर्ने ब्यक्तिहरुको खोजी कार्य भैइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि