१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

विमल कृति पुरस्कार ‘कृति शब्दथुमलाई

२५ कात्तिक, धरान (सुनसरी) । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ ।

कवि विमल गुरुङको ५३औँ जन्मजयन्तीका अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले रु दुई लाख राशिसहितको पुरस्कार प्रदान गरेको हो । धरान उपमहानगरपालिका–१८ स्थित पुस्तकालयको हलमा आज सम्पन्न ३३औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा भीम खतिवडा र कवि पुस्तकालयका सञ्चालक पूर्णबहादुर गुरुङले उक्त पुरस्कार प्रदान गरे ।

कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपालीभाषी, लेखक, साहित्यकार सर्जकबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएकामध्येबाट निर्णायक समितिको सिफारिसअनुसार कवि साहित्यकार थाम्सुहाङको निबन्ध कृति पुरस्कृत भएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले जानकारी दिए ।

सोही अवसरमा युवाकवि विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभास्वरुप प्रदान गरिएको थियो । पुरस्कारको राशि रु १० हजार रहेको छ । यसैगरी, एक सय तीन वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङलाई रु पाँच हजारसहित सम्मान गरिएको थियो । साथै सिक्किमका लेखक टिबीचन्द्र सुब्बा र विरेन गुरुङलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि