१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर

२५ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।

आइतबार ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा नगर प्रहरीले डोजर चलाएको हो ।

नगरप्रमुख हाछेथुले सहकारीले सरकारी बाटो मिचेर बिना नक्सा मापदण्ड विपरीत गएर संरचना बनाएको बताए । उनले सहकारीलाई ७ दिने सूचना निकालेर ध्यानाकर्षण गराउँदा पनि व्यवास्था नगरेको कारण आफूहरुले डोजर चलाएको उनको भनाई छ ।

उनले भने,‘यहाँ मापदण्ड विपरीत गएर संरचना बनाइएको थियो । यो मापदण्ड विपरीत छ भनेर पहिले नै निर्णय भइसकेको थियो । सहकारीले जनताको बाटो बढि मिचेर संरचना बनाएको छ । जनताको बाटो जनताले नै प्रयोग गर्न पाउनुपर्छ भन्ने हो । यहाँ मुद्दा परेपछि संरचना भत्काँउन अदालतले ललितपुर महानगरपालिकालाई निर्देशन दिएसँगै ललितपुर महानगरको निर्देशनमा भत्काँउन सुरु गरेका हौं । हामीले ७ दिनको समय पनि दिएका थियौं ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि