२३ पुष २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल संम्वत्लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउनुपर्छ : उपप्रमुख डंगोल

१७ कात्तिक, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल संम्वत्लाई सबैले चिन्नुपर्ने बताएकी छन् ।

शनिबार नेपाल संम्वत् ११४५ को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल संम्वत्लाई सबैले जान्ने , बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गरेकी हुन् ।

उनले भनिन् ,‘नेपाल संम्वत्को आफ्नै मौलिक पहिचान छ । व्यवहारीक रुपमा पनि यसको निकै महत्व छ । हामीले मनाउने  विभिन्न संस्कृति, कलाकृति, जात्रा पर्वहरु सबै हामीले नेपाल संम्वत्कै आधारमा मनाउँछौं । यसकारण पनि नेपाल संम्वत्लाई हामीले प्रयोग गर्नुपर्छ । यसलाई अझै धेरैले जान्ने, बुझ्ने, प्रयोग गर्न सक्ने बनाउनुपर्छ । ’

साथै  उनले मनाउँदै  आइरहेको  र  व्यवहारमा लागु  गरिरहेको  नेपाल संम्वत्लाई बलियो बनाउनुपर्ने बताइन् । उनले प्रशासनिय रुपमा नेपाल संम्वत्लाई तिव्र गतिमा लैजान ध्यान दिनुपर्ने बताइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि