१२ माघ २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

निषेधित क्षेत्र तोड्ने प्रयस गरेपछि सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ

१३ कात्तिक,  काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन र गिरफ्तारीविरुद्ध घोर भर्त्सना गर्दछौँ,’ उनले भनेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएकाहरूमा रास्वपाका सांसद अशोककुमार चौधरी, उक्त पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्रकुमार श्रेष्ठलगायत नेता–कार्यकर्ता रहेका बुर्लाकोटीले बताए ।

पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेपछि रास्वपा आन्दोलित भएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि