३ फाल्गुन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालको नवलपुर जिल्ला समिति गठन

११ कात्तिक, नवलपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति गठन भएको छ । नवलपुरको गैडाकोटमा आयोजित विस्तारित बैठकबाट ओमबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । पार्टीका उपाध्यक्ष शिवलाल थापाको उपस्थितिमा सो समिति पुनर्गठन गरिएको हो ।

जसपा नेपालको चार महिने आधारभूत संगठन निर्माण अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले प्रदेशअन्तर्गतका जिल्लामा संगठन गठन, पुनर्गठन गर्ने तथा विस्तारित बैठकको आयोजना गर्ने काम गरिरहेको छ । यसअघि तनहुँ जिल्लाको विस्तारित बैठक सम्पन्न गरिएको थियो ।

प्रदेशअन्तर्गतका पार्टीका केन्द्रीय नेताहरु पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि