६ पुष २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाज

साफ महिला च्याम्पियनसिप : बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा

८ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै समूह ‘ए’बाट विजेताको हैसियतमा सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यो समूहबाट भारत उप विजेताको हैसियतमा सेमिफाइनलमा पुग्दा पाकिस्तान भने बाहिरिएको छ ।

बंगलादेशको चार अंक भएको छ भने भारतको तीन अंक रहेको छ । पाकिस्तान भने एक अंकसहित प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

बंगलादेश र भारतबीचको बुधबारको खेलमा सबै गोल पहिलो हाफमा निस्किएका थिए ।

बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गर्दा अफिला खान्दाकरले एक गोल गरिन् । भारतकी बाला देवीले गरेको गोल सान्त्वनामा परिणत भयो ।

बंगलादेशले १८औं मिनेटमा अग्रता लिएको थियो । जब कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै अफिदा खान्दाकरले गोल गर्दै अग्रता दिलाइन् ।

२९औं मिनेटमा बंगलादेशका लागि ऋतु पूर्णा चक्माले गरेको क्रसमा तोहुरा खातुनले गोल गर्दै अग्रता दोब्बर पारिन ।

४३औं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ३–० ले अघि बढेको थियो । ४४ औं मिनेटमा भारतकी बाला देवीले गोल गर्दै अन्तर कम गरिन् ।

तर, दोस्रो हाफमा थप गोल नभएपछि अन्ततः बंगलादेश ३–१ को जीतका साथ समूह विजेता बन्न सफल भयो ।

यसैबीच, नेपाल रहेको समूह बीको खेल विहीबार हुने छ । नेपालले विहीबार श्रीलंकासँग खेल्दा भुटान र माल्दिभ्स आमने सामने हुने छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected