२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गरिन्छ : प्रधानन्यायाधीश राउत

६ काात्तिक, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिने बताएका छन् ।

पूर्वन्यायाधीश फोरमबाट आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रममा उनले न्यायालयका काम कारवाहीहरु पारदर्शी हुनुपर्ने बताए ।

उनले अदालतमा हुने गतिविधि र काम कारवाही के कसरी चलेका छन् भन्ने जस्ताको तस्तै सर्वसाधारण जनताले बुझ्नेगरी सम्प्रेषण गर्न संचारकर्मीलाई आग्रह समेत गरे ।

कार्यक्रममा पूर्वन्यायाधीश फोरम नेपालका अध्यक्ष टोपबहादुर सिंहले न्यायाधीश नियुक्ति प्रकृयामा तत्काल हस्तक्षेप गरी कानून सम्मत ढङ्गले सक्षम योग्य र इमान्दार व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नुपर्ने, विवादित न्याय परिषद नियमावलीमा भएका विवादहरुको उपयुक्त समाधान गरेर मात्र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नु पर्ने बताए ।

यस्तै राष्ट्रिय महत्व एवम् संवेदनशील विवादलाई प्राथमिकता दिइ शीघ्रातिशीघ्र मुद्दाको फैसला हुनुपर्ने पनि बताए ।

कार्यक्रममा पूर्व न्यायाधीश फोरमका सचिव पूर्वन्यायाधीश युवराज सुवेदीले मुद्दाको संख्या कम गर्न मेलमिलाप सम्बन्धी प्रकृयालाई सबै तहका अदालतले मेलमिलाप सम्बन्धी वातावरण बनाउनु पर्ने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि