५ पुष २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

रविमाथि थुनछेक बहस सकियो, प्रहरीद्वारा ६ दिनको समय माग

४ कात्तिक,  काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत कास्कीमा उनीमाथिको थुनछेक बहस सकिएको हो ।

अनुसन्धान गर्न म्याद थपका लागि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका हुन् ।

लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।  बहसपछि उनलाई तारिखमा छाड्ने वा थुनामै राखेर अनुसन्धान गर्नेबारे निर्णय अदालतले दिनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि