११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

दशैं विदापछिको सिंहदरबार : सुनसान छन् मन्त्रालय

काठमाडौं । वडादशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ ।

मंगलबार विहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए । सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो । मन्त्रीका गाडीहरु हुइँकिएपनि कर्मचारीहरुको उपस्थिति न्यून थियो ।

फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका मन्त्रालयका ढोका खुलेपनि सबै मन्त्रालयका शाखा वा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो ।

मानिसहरुको आवतजावत भने बाक्लिएको छ । टाढा घर भएका कर्मचारीहरु काठमाडौं आइ नपुगेकाले मन्त्रालयहरु सुनसान रहेको कर्मचारीहरुले बताए ।

तर दशैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहर बजार र सडकमा भने भीडभाड बढेको छ । आवतजावतका लागि सडकहरु असहज भएकाले केही असजिलो भएको छ । दशैंको मुखमा प्राकृतिक विपत्तिका कारण धेरै राजमार्ग एवम सडकहरु पूर्ण रुपले संचालनमा आइसकेका छैनन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि