११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

जहाजको आपतकालिन ढोका खोल्दा उडान सुरक्षामा चुनौति देखियो : बुद्ध एयर

काठमाडौं । वडादशैंमा यात्रुहरुको चाप बढिरहेका बेला विगत केही दिनदेखि यात्रुले हवाइजहाजका इमरजेन्सी डोअर(आपतकालिन ढोका) खोलेका घटना सार्बजनिक भएका छन् ।
वुद्ध एयरमा यात्रा गरिरहेका केही यात्रुले आपतकालिन ढोका खोलेपछि एयरलाइन्सले आपत्ति प्रकट गरेको छ । बुद्ध एयरका अनुसार अक्टोबर २ तारिखका दिन विराटनगरबाट काठमाडौं आउँदै गर्दा एक यात्रुले आपतकालिन ढोका खोलेका थिए ।
त्यस्तै अक्टुबर ७ का दिन नेपालगञ्जबाट काठमाडौं र विहीबार फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुध्द एयरको इमरजेन्सी ढोका यात्रुले खोलेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताए ।
उडान प्रक्रियालाई नै अवरुद्ध पर्नेगरी ढोका खोलेपछि उडान तालिकालाई थप प्रभावित बनाएको उनको भनाइ छ । मैदानमै रहेको जहाजको ढोला यसरी खोलेको दश दिनको दौरानमा तेस्रो घटना भएको उनले जानकारी दिए ।
विहीबार बिहान जनकपुर विमानस्थलको अनुकुल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो । आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् ।
तर आपतकालिन अवस्थाबाहेक ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्याउने संभावना रहेको प्रवक्ता कर्णको भनाइ छ ।
विहीबार विहान भने विराटानगर विमानस्थलमा यात्रुले आपतकालिन ढोला खोलेको उनले बताए । उक्त जहाज हाल टेक्निकल टीमले चेकजाँच गरिरहेको छ । यात्रुहरुले भने बुद्ध एयरको जहाजमा समस्या आउने गरेको बताएका छन् ।

बुध्द एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको उनले बताए । हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्म सजायँ हुने प्रावधान रहेको प्रवक्ता कर्णले जानकारी दिए ।
उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् । हाल घटेका तीनवटा घटनामा संलग्न यात्रुहरु सामान्य अवस्थाका रहेको बुद्ध एयरले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि