२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेका बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको  भेटका अवसरमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी रहेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि