११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

बाढि–पहिरो विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्दारको काम अन्तिम चरणमा

काठमाडौं । गृह मन्त्रालयले बाढि–पहिरो विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्दारको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्दार कार्य आज पनि जारी रहेको र सो कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

उनले भने, ‘विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्दार कार्य आज पनि जारी छ र यो अन्तिम चरणमा पुगेको पनि जानकारी गराउन चाहन्छु ।’

उनले विपद् प्रभावित घर परिवारलाई राहत, उद्दार लगायतका विषय प्रदेश स्थानिय एवंम सम्बन्धित प्रतिनिधिसँग समेत आवश्यक समन्वय, सहजीकरण प्रभावकारी रुपमा गर्न आठ वटा जिल्लामा मन्त्रालयका सहसचिवको नेतृत्वमा स्थलगत अनुगमन टोली आजैदेखि परिचालन गरिएको पनि जानकारी गराए ।

उनले भने, ‘विपद् प्रभावित घर परिवारलाई राहत, उद्दार लगायतका विषय प्रदेश स्थानिय एवंम सम्बन्धित प्रतिनिधिसँग समेत आवश्यक समन्वय, सहजिकरण प्रभावकारी रुपमा गर्न आठ वटा जिल्ला काठमाडौं, ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपालचोक र धादिङमा मन्त्रालयका सहसचिव ज्यूहरुको नेतृत्वमा सरोकार निकायको प्रतिनिधिहरुको समेत संलग्न रहेको स्थलगत अनुगमन टोली परिचालन आजैदेखि गरिएको छ ।’

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि