३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार

बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दाको तयारी

१४ असोज, काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च प्रशासनले नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ ।

घिमिरेले हालै नगरकोटमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष घिमिरेले गैरसंवैधानिक न्याय परिषद नियमावली खारेज हुनुपर्ने र न्यायाधीश नियुक्तिमा अनियमितता तथा लेनदेन भएको आरोप लगाउँदै न्यायपालिका भित्रको बिकृति र विसङ्गति अन्त्यको माग गर्दै आएका छन् ।

त्यसैलाई इस्यू बनाउँदै सर्वोच्च अदालतले घिमिरेलाई अदालतको अवहेलनाको रुपमा ब्याख्या गर्दै प्रतिवेदन तयारी गरिरहेको अदालत स्रोतले जनाएको छ ।

अदालतमा विकसित पछिल्लो घटनाक्रमबारे छलफलगर्न बारले आजै अपरान्ह ५ बजे विशेष बैठक बोलाएको छ ।  बैठक बारको सभा हलमा बस्नेछ ।

घिमिरेका अभिव्यक्तिलाई लिएर न्याय परिषदको सचिवालयले विज्ञप्तिमार्फत आपत्ती जनाएको छ । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सिफारिसका विषयलाई लिएर घिमिरेले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको