१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय

१२ असाेज, काठमाडौँ ।सरकारले तत्काललाई लागि अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको आकस्मिक बैठकले भारी वर्षाको कारणले अहिले देखिएको समस्याको कारणले परीक्षा थोरै समयका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

भोलिदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि यो निर्णयसँगै रद्द भएको छ । मेडिकल काउन्सिलको परीक्षाका लागि देशभरबाट काठमाडौं आएका विद्यार्थी राजमार्गहरू बन्द भएका कारण बाटोमै अलपत्र छन् । काउन्सिलले परीक्षा रद्द नगरेकोमा आलोचना भइरहेको छ ।

दुई दिनदेखि परेको भारी वर्षाले देशभर ठूलो जनधनको क्षति पुगेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि