१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

सुपर त्रिशूली हाइड्रोपावरको टिप्पर नदीले बगायो

११ असोज,  काठमाडौँ । सुपर त्रिशूली हाइड्रोपावरको एउटा टिप्पर त्रिशूली नदीले बगाएको छ ।

दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका चार वटा टिप्पर र दुई वटा एक्स्काभेटर नदीको बीच भागमा फसेका थिए ।

सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भँगालो बनाएर खडा गरिएको कृत्रिम टापुमा ती सवारीसाधन राखिएको थियो । नुवाकोट प्रहरीका अनुसार आयोजना निर्माणका लागि प्रयोग गरिएका ती सवारीसाधनमा केही चालक र मजदुर पनि फसेका छन् । तर, उनीहरू कति संख्यामा छन् भन्ने खुलेको छैन । लगातारको वर्षा कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेकोले उद्धारमा कठिनाइ भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि