१६ मंसिर २०८२, मंगलवार
पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले पर्यटन अनुकुल वातावरण बनाउन नसकेको मन्त्रीको गुनासो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पर्यटन वर्षलाई सरकारले अनुकुल वातावरणमा बनाउन नसकेको बताएका छन् ।

शुक्रबार ज्वेलरी एक्सपो २०२४ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाल पर्यटनको  एउटा महत्वपूर्ण  गन्तव्य भएपनि सरकारले उच्च प्राथमिकताका साथ पर्यटन वर्षलाई मनाउन नसकेको बताएका हुन् ।

उनले भने, ‘नेपाल पर्यटनको एउटा महत्वपूर्ण गन्तव्य हो । यसमा सरकारले उच्च प्राथमिकताका साथ हरेक वर्षलाई पर्यटन वर्षको रुपमा मनाउने तर त्यसका लागि वातावरण अनुकुलन बनाउन सकेको छैन । यस्तो प्रतिकुलतालाई हामीले अनुकुलतामा बदल्न पर्नेछ । पर्यटनको गन्तव्य बनाउनुपर्ने छ । व्यवसायिकता, आइटी, ऊर्जा, एग्रिकल्चर क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर आन्तरिक र  बाह्य लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयत्नशिल हुनुपर्छ ।’

साथै उनले उत्पादन र उद्यमशिलता जस्ता हरेक कुराहरु सरकारको प्राथमिकतामा रहेको बताए । उनले नेपालका युवा र महिलाहरुको उद्यमशिलता र व्यवसायिकताको लागि नविकतम सोच र चिन्तनलाई सरकारले सम्बोधन गर्न खोजेको बताए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि