३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

जनतालाई उत्पादनसँग जोडौँ: मन्त्री काफ्ले

१० असाेज, काठमाडौँ ।  बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सकेमात्र समृद्धिको लक्ष्य हासिल हुने बताउनुभएको छ ।

आज दोलखा सदरमुकाम चरीकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी स्थानीय तहसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री काफ्लेले प्रदेश र स्थानीय सरकार दुबै मिलेर जनतालाई उत्पादनसँग जोड्नुपर्छ भन्नुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलोपटक बाग्मती प्रदेशका १३ जिल्लामै यस्तो कार्यक्रम सुरु गरेको उहाँकोभनाइ थियो ।

उहाँले उत्पादनकाे क्षेत्रमा काम नभएसम्म राेजगारी सिर्जना नहुने पनि स्पष्ट पार्नुभयो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि