१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित

१० असाेज, बैतडी । पहिरोले बैतडीमा एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका-४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चार कोठे पक्की घर पहिराले पुरेको जिल्ला प्रहरीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

गए राति १२ बजे खसेको पहिराले घर पूर्ण रूपमा क्षति भएको छ । पहिरोले मानवीय र पशुचौपायामा कुनै क्षति नभए पनि अन्नपात, लत्ताकपडा र भाँडाकुँडा पुरिएका छन् ।

पहिरो आउन संकेत पाएपछि घरका सबै मान्छे गाउँलेको घरमा बसेका थिए । पहिरोले घर पुरिएपछि सुरेन्द्रको नौ जनाको परिवार आफन्तको घरमा बसिरहेका छन् । प्रहरीको टोली घटनास्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि