३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा ईन्स्पेक्टर शाहीमाथि आक्रमण

१० असाेज, कञ्चनपुर । कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्स्पेक्टर महेश विक्रम शाहीमाथि आक्रमण भएको छ । चार्डपर्वका बेला हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्धेश्यले स्थानीयको शान्ति सुरक्षाका लागि त्रिभुवनबस्तीका ईन्स्पक्टर शाहीसहित ९ जनाको प्रहरी टोली  गएराति करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका ७ च–गाउँमा गस्तीमा निस्केको र उनिहरु चढेको भ्यानमा समेत तोडफोड भएको जनाइएको छ।

ईन्स्पेक्टर शाहीका अनुसार गस्तीमा निस्केका बेला पुनर्वास ७  बुद्धबस्तीमा खडखडे खेलीरहेको टोलीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको जानाए । उक्त समुहलाई सम्झाएर नियन्त्रण गर्न खोज्दा आफ माथि  २५\३० जनाको समुहले आक्रमण गर्दा आफ्नो कानमा चोट लागेको बताए ।अन्य चार जना प्रहरीलाई सामान्य चोट लागेको र भ्यानको अगाडीको सीसा र पछाडीको छानोमा क्षति पुगेको बताए ।

आक्रमणपछि गाउँका महिला र बालबालिका समेत आउन थालेपछि घटना स्थलबाट फर्किएको ईन्स्पेक्टर शाहीले बताए। आक्रमणमा परेका ईन्स्पेक्टर शाहीको पुनर्वास नगरपालिका ६ स्थित टाउन हस्पिटलमा उपचार भएको छ । आक्रमण गर्नेहरुको पहिचान गरी कानुन बमोजिम कार्वाही गरिने ईन्स्पेक्टर शाहीको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि