२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

सुदूरपश्चिममा ६ सहित ३९ स्थानमा उपनिर्वाचन हुने

१० असाेज, काठमाडौँ ।  निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचन मंसिरमा गर्ने भएको छ । उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने जनाएको छ ।

आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको छ ।

आयोगका अनुसार आगामी मंसिर १६ गते ३९ रिक्त पदमा उपनिर्वाचन हुनेछ । जसमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, वडा अध्यक्ष ९ रहेका छन् । यस्तै, नगरपालिका प्रमुख १, उपप्रमुख १ र नगर वडा अध्यक्ष २१ छन् ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि