१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

भोलिदेखि चार दिन वर्षाको सम्भावनाः गर्मी घट्ने, धानबालीलाई असर गर्न सक्ने

७ असाेज, काठमाडौँ । मंगलबारदेखि आगामी शुक्रबारसम्म वर्षाको सम्भावना रहेको छ। मनसुन कमजोर बनेर देशभर गर्मी बढिरहेका वेला मंगलबारदेखि भने वर्षा हुने भएको हो।

सोमबार जनकपुरको अधिकतम तापक्रम ४०.६ डिग्री सेल्सियस पुगेको थियो। तर, मंगलबारदेखिको वर्षाले तापक्रम घटाउने र जनजीवनमा केही राहत हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए। पाक्न लागेको धानबालीलाई भने असर पुर्‍याउने देखिएको छ।

‘मंगलबार दिउँसोदेखि बादल लागेर वर्षा हुन्छ, शुक्रबारसम्म वर्षाको सम्भावना छ,’ मौसमविद् झाले भने, ‘बंगालआसपास बनेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतिर सर्दै छ। स्थानीय वायुको पनि असर र मनसुनी प्रभावका कारण वर्षा हुन लागेको हो।’

महाशाखाका अनुसार मंगलबार कोशी, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने आकलन गरिएको छ।

मंगलबार राति कोशी, बागमती, गण्डकी, सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन महाशाखाले गरेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको चेतावनी दिइएको छ।

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
बुधबार सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक-दुई स्थानमा भारी वर्षा हुने देखिएको छ।

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि चेतावनी महाशाखाले दिएको छ। कोशीका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीसमेत चल्नेछ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि